सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

0
Shares

सुनको मूल्य मंगलबार नेपाली बजारमा बढेको छ ।  नेपाल सुनचाँदी व्यासायी महासंघले सोमबारको तुलनामा मंगलबार सुन तोलामा ५०० रुपैयाँले बढेको जनाएको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलामा ९३ हजार १०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजावी सुन ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार पनि सुन तोलामा १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८१९ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.८६ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७८, मंगलबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।