विकास बैंकहरुको चुक्ता पूँजी ३६ अर्ब माथि, मुक्तिनाथको साढे ५ अर्ब धेरै

0
Shares

सञ्चालनका रहेका १६ विकास बैंकहरुको चुक्ता पूँजी गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकाे तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा १८.११ प्रतिशतले वृद्धि भएको छ ।

सार्वजनिक भएको दोस्रो त्रैमासससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार विकास बैंकहरुको चुक्ता पूँजी ३६ अर्ब ४१ करोड २६ लाख २७ हजार रुपैयाँ पुगेको हो । गत आवको यसै अवधिमा बैंकहरुको चुक्ता पूँजी ३० अर्ब ८२ करोड ८४ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा आठ बैंकको चुक्तान पूँजी ३ अर्ब रुपैयाँभन्दा बढी छ । सबैभन्दा धेरै चुक्ता पूँजी रहेको मुक्तिनाथ विकास बैंकको ५ अर्ब ६५ करोड ७१ लाख ८१ हजार रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँ रहेकोमा १७.५८ प्रतिशत बोनस वितरण गरेर बैंकले पूँजी बढाएको हो ।

त्यस्तैगरि यस अवधिमा ज्योति विकास बैंक, महालक्ष्मी, गरिमा, शाइन रेसुङ्गा, लुम्बिनी, कामना सेवा र सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्बभन्दा धेरै रहेको छ ।

यसैगरी एक्सेल डेभलपमेन्ट बैंकको १ अर्ब १५ करोड रहँदा बाँकी ७ विकास बैंकको पूँजी १ अर्बभन्दा कम छ । सबैभन्दा न्यून पूँजी रहेको नारायणी डेभलपमेन्ट बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख रहेको छ ।

समीक्षा अवधिमा सबैभन्दा कम पूँजी रहकै नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशतले पूँजी बढाएको छ । बैंकले शतप्रतिशत हकप्रद जारी गरेर पूँजी बढाएको हो । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले ७३ र एक्सेल डेभलपमेन्ट बैंकले पनि ४२ प्रतिशतले पूँजी वृद्धि गरेको छ । अन्य दश बैंकले ३ देखि २४ प्रतिशतसम्म पूँजी बढाएका छन् । तीन विकास बैंकको पूँजी स्थीर छ । सप्तकोशी, सिन्धु र कर्णाली डेभलपमेन्ट बैंकको पूँजी स्थीर रहेको हो ।

Development Banks Paid-up Rs in Thousand
S.N. Symbol  Q2 2078.79 Q2 2077.78 Change %
1 Muktinath Bikas Bank Ltd. 5,657,180.86 4,811,550.80 17.58
2 Jyoti Bikas Bank Limited. 4,267,753.29 3,495,293.44 22.10
3 Mahalaxmi Bikas Bank Ltd. 4,010,883.28 3,342,402.80 20.00
4 Garima Bikas Bank Limited. 3,948,183.11 3,238,689.43 21.91
5 Shine Resunga Development Bank. 3,781,009.01 3,408,463.91 10.93
6 Lumbini Bikas Bank Ltd. 3,284,292.51 2,906,453.55 13.00
7 Kamana Sewa Bikas Bank Limited. 3,142,577.02 2,540,195.35 23.71
8 Shangrila Development Bank . 3,010,669.66 2,606,640.40 15.50
9 Excel Development Bank Ltd. 1,151,792.13 811,121.22 42.00
10 Miteri Development Bank Limited. 903,428.07 797,376.94 13.30
11 Saptakoshi Development Bank. 834,338.43 834,338.43 0.00
12 Corporate Development Bank Limited. 710,000.00 410,000.00 73.17
13 Sindhu Bikash Bank Ltd. 557,456.07 557,456.07 0.00
14 Green Development Bank Ltd. 519,000.00 500,000.00 3.80
15 Karnali Development Bank Limited. 502,830.00 502,830.00 0.00
16 Narayani Development Bank Limited 131,233.80 65,616.90 100.00
Total 36,412,627.24 30,828,429.24 18.11

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७८, मंगलबार  ११ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।