आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
लघुवित्तको लघुवित्तको माघ २५ गते मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट कायम चुक्ता पूँजी २८ करोड ६७ लाख रुपैयाँको २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको ११४ औं बैठकको निर्णयानुसार आर्थिक वर्ष २०७७।७८ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई २०७८ असार मसान्तको चुक्ता पूँजी २८ करोड ६७ लाख ६३ हजार १४८ रुपैयाँको २१ प्रतिशतले हुन आउने ६ करोड २ लाख २० हजार २६१ रुपैयाँ बोनस सेयर प्रस्ताव गरेको हो । सोही बैठकले संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेकोले हाल कायम रहेको चुक्ता पूँजी ३० करोड ६९ लाख २३ हजार १४८ रुपैयाँ समेतमा समायोजन गरी प्रदान गर्ने गरि स्वीकृत भएको लघुवित्तले जनाएको छ । यसअनुसार देउराली लघुवित्तको पूँजीकरण पश्चात कम्पनीको प्रस्तावित बोनस समायोजन हुँदा चुक्ता पूँजीको १९.६२ प्रतिशत कायम हुनेछ ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधरण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८.८५ प्रतिशत बोनस वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया