स्रोत नखुलेको ७० लाख सहित एक पक्राउ

0
Shares

नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना छन् । उनलाई मंगलबार काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त बालाजुबाट थप अनुसन्धान तथा कारबाहीको लागि निजलाई बरामद हुन आएको श्रोत नखुलेको रकम, कालो रंगको हाते झोला र साइड व्यागसहित राजश्व अनुसन्धान बिभाग, हरिहरभवन पुल्चोक ललितपुरमा पठाइएको छ ।

उक्त रकम आपराधिक कार्यबाट आर्जित भएको हुन सक्ने भएकोले सम्पत्ति शुद्धीकरण विभाग, पुल्चोकलाई समेत जानकारी गराई आवश्यक अनुसन्धानको लागि अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ माघ २०७८, बुधबार  १४ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।