आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (IGI) को हकप्रद सेयर माघ २७ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।
इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि फागुन १ गते आइतबार एकदिन सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले मात्रै हकप्रद पाउने हुनाले हकप्रद भर्ने वा सेयर बेच्ने निर्णय लगानीकर्ताका लागि बिहीबार अन्तिम मौका रहेको छ ।
कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १ः०.४० अनुपातमा ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले सञ्चालक तथा आधारभुत सेयरधनीहरुबाट यसअघि नै रकम संकलन गरिसकेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको २०७८ बैशाख १२ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले सो हकप्रद सेयर बिक्री गरेर पूँजी बढाउने प्रस्ताव पारित गरेको थियो ।
आइएमई जनरलको हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ रहेको छ । चालिस प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको पूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ ।
थप समाचार:-
- आइएमई जनरलद्धारा आधारभुत सेयरधनीलाई हकप्रद बापतको रकम जम्मा गर्न आग्रह
- शिखर र आइएमई जनरल इन्स्योरेन्सलाई एक अर्बको हकप्रद बिक्री अनुमति
- आइएमई जनरलको हकप्रदलाई ट्रिपल बी रेटिङ्ग
- आइएमई जनरल इन्स्योरेन्सले माग्यो ४६ करोडको हकप्रद बिक्री अनुमति
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया