लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव, बाेनस कति ?

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (LGIL) ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ २६ गते बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ९.५२३८ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.४७६१९ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

यस्ताे छ लाभांश इतिहासः-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2076/2077 5.00 5.00 10.00
2 2075/2076 8.13 0.41 8.53
3 2073/2074 12.82 0.67 13.49
4 2072/2073 18.18 0.96 19.14
5 2071/2072 13.06 0.00 13.06
6 2070/2071 10.53 0.00 10.53
7 2069/2070 10.52 0.00 10.52
8 2068/2069 9.57 0.00 9.57
9 2067/2068 13.16 0.00 13.16

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७८, बिहिबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।