
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा ३१ करोड ५० लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा २।७८ प्रतिशतले बढेको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको चुक्ता पूँजी २५.१२ प्रतिशत, जगेडा कोष १३.५३ प्रतिशत, सापटी २६.७८ प्रतिशत, कर्जा लगानी ३०.६३ प्रतिशत, खुद ब्याज आम्दानी २.३० प्रतिशत, सञ्चालन मुनाफा २.४२ प्रतिशतले बढेको छ ।
चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी ४१.४० रुपैयाँ छ । गत आवको यसै अवधिमा ५०.४० रुपैयाँ रहेकोमा ९ रुपैयाँ घटेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ २४५.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.६४ गुणा छ ।
प्रकाशित विवरण अनुसार कम्पनी कम्पनीले २ अर्ब २७ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन र बैंक तथा वित्तीय संस्थाबाट १४ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ सापटीबाट २६ अर्ब ७६ करोड ५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट लघुवित्तले ६१ करोड ८३ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ४६ करोड १५ लाख ७६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्तको निष्क्रिय कर्जा ०.६० प्रतिशत, कस्ट अफ फण्ड ३.३८ प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया