छ्याङ्दी हाइड्रोपावरको नाफा घट्यो

0
Shares

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) को नाफा घटेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८५ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ९५ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा ११ प्रतिशतले नाफा घटेको हो ।

कम्पनीको विद्युत बिक्रीबाट ४ करोड ८ लाख रुपैयाँ आम्दानी आम्म्दानी भएको छ । गत आवको यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ६ लाख रुपैयाँ आम्दानी गरेकोमा ३३.१७ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी २९ करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५.७२ रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा १ करोड ६९ लाख रुपैयाँ सञ्चित छ । जगेडा कोष ६८।५४ प्रतिशतले बढेको हो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १०५.४० रुपैयाँ र पीई रेसियो ८०.४१ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७८, बिहिबार  १३ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।