आइएमई जनरल इन्स्योरेन्स (IGI) को समायोजित सेयरमूल्य ८१९.२९ रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर समायोजनपछि उक्त मूल्य निर्धारण गरेको हो ।
हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले आइतबार बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम मूल्यका आधारमा सेयरमूल्य समायोजन गरेको हो । बिहीबार इन्स्योरेन्सको सेयर प्रतिकित्ता ११०७ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
आइतबार समायोजित सेयरमूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्नेछ ।
इन्स्योरेन्सले १ बराबर ०.४ अनुपातमा ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
इन्स्योरेन्सको २०७८ बैशाख १२ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
आइएमई जनरलको हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ रहेको छ । चालिस प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको पूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ ।
थप समाचार:-
- आइएमई जनरलद्धारा आधारभुत सेयरधनीलाई हकप्रद बापतको रकम जम्मा गर्न आग्रह
- शिखर र आइएमई जनरल इन्स्योरेन्सलाई एक अर्बको हकप्रद बिक्री अनुमति
- आइएमई जनरलको हकप्रदलाई ट्रिपल बी रेटिङ्ग
- आइएमई जनरल इन्स्योरेन्सले माग्यो ४६ करोडको हकप्रद बिक्री अनुमति
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया