महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेका बोनस सेयर वितरण गरेका छन् ।
दुबै लघुवित्तले साधारण सभाका लागि सेयर दाखिल खारेजी मितिसम्म सेयर डिम्याट गराएका आ-आफ्नो सम्बन्धीत सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरेका हुन् ।
गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट महिला लघुवित्तले ४७.५० प्रतिशत बोनस सेयर तथा कर प्रयोजन सहित २.५० प्रतिशत नगद लाभांश र मेरो माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
महिला लघुवित्त (MLBSL) ले पुस २२ गते सम्पन्न चौथौं वार्षिक साधारण सभाका लागि मंसिर १६ गते र मेरो माइक्रोफाइनान्स (MERO) को मंसिर २४ गते सम्पन्न नवौ वार्षिक साधारण सभा प्रयोजनार्थ मांसिर ९ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयर लगानीकर्ताले मात्रै सम्बन्धीत कम्पनीको बोनस पाएका छन् ।
दुबै लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मितिसम्म अभौतिक रुपमा सेयर धारण गरेका लगानीकर्ताको डिम्याट खातामा बोनस पठाएको हो ।
उक्त बोनस नेप्सेमा सूचीकृत भई धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि योग्य भैसकेकाले खरीद बिक्री गर्न सकिनेछ ।
साथै, हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीले यथाशीघ्र सेयर अभौतिकीकरण गर्न अनुरोध गर्दै दुबै लघुवित्तले सेयर अभौतिकीकरण गरेपछि मात्र सम्बन्धित सेयरधनीको हितग्राही खातामा बोनस जम्मा हुने जानकारी दिएका छन् । हालसम्ममा बाँडफाँडमा परेको सेयर प्राप्त नगरेका सेयरधनीले कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्सालमा गइ बाँडफाँडमा परेको सेयर अभौतिक रुपमा प्राप्त गर्न निवेदन दिन सक्नेछन् ।
महिला लघुवित्तको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड तथा मेरो माइक्रोयफाइनान्सको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
दश करोड रुपैयाँ रहेको महिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर वितरणपछि लचुक्ता पूँजी १४ करोड ७५ लाख पुगेको छ । एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको मेरो माइक्रोफाइनान्सको बोनस सेयर वितरणपछि १ अर्ब २० करोड रुपैयाँ पूँजी पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया