शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँ कायम गरिएको छ ।
बिहीबार छापावाला सुन तोलामा ९६ हजार १०० रुपैयाँ र तेजावी सुन ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुन संगै चाँदीको मूल्य पनि बढेको छ । बिहीबारको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदी तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो । महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया