गुणस्तरहिन खाद्य वस्तु उत्पादन गर्ने ३८ कम्पनी विरुद्ध मुद्धा दायर

0
Shares

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ३८ कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले न्यून गुणस्तर र दुषित खाद्य वस्तु उत्पादन गर्ने ३८ कम्पनी विरुद्ध मुद्धा दायर गरेको हो । उक्त मुद्धाहरु विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतबाट दायर गरिएको छ ।

चालु आवको ६ महिना अवधिमा न्यून स्तर तथा दुषित उत्पादन र विक्री–वितरण गरेको कसुरमा ११ थान मुद्दाहरु र अर्धवार्षिक अवधिमा ३८ थान मुद्दाहरु जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको छ ।

दायर भएका ३८ मुद्दामध्ये सबैभन्दा धेरै दूध तथा दुग्ध पदार्थका रहेका छन् । विभागका अनुसार दुध तथा दुध दुग्ध पदार्थका १३ मुद्दा दायर भएका छन् ।

त्यसैगरी मसला पदार्थको ५ वटा, प्रशोधित पिउने पानीको ५ वटा, खाद्य एवं दलहन तथा सोबाट बनेका पदार्थका ५ वटा दायर भएका छन् ।
यस्तै चियाका ४ वटा, महको १, सोया ससको १, तेलको १, दानाको ३ वटा मुद्धा दायर भएको विभागले जनाएको छ ।

३८ मध्ये १९ वटा मुद्धाहरु दुषितका, १० वटा न्यून गुणस्तरका, एउटा मुद्धा अनुज्ञा नमिलेको, ७ वटा लेबल नमिलेका र एउटा मुद्धा खाद्य ऐन नियम निर्देशिका उलंघन सम्बन्धी रहेको प्रवक्ता मोहन कृष्ण महर्जनले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७८, शुक्रबार  १७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।