
नेपाल ल्यूब आयल लिमिटेडको खुद नाफा ३३.५१ प्रतिशत बढेको छ ।
कम्पनीले दोस्रो त्रैमाससम्ममा २ करोड ११ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ५८ लाख ४४ हजार नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएपछि नाफामा आकर्षक सुधार आएको हो ।
आइतबार सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी ३ करोड ८७ लाख रहेको छ भने जगेडामा २१ करोड ५५ लाख रुपैयाँ सञ्चित छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३३ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीको सञ्चालन आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशत वृद्धि भएर ६० करोड ९ लाख पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४९ करोड ३५ लाख ५० हजार थियो ।
पुससम्म कम्पनीको प्रतिसेयर आम्दानी १०९.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९०३.७३ रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया