पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प करीब एक वर्ष पछि सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।
सन् २०२१ जनवरी ६ मा ट्रम्पका समर्थकहरुले युएस क्यापिटोलमा हमला गरेपछि र उनले सामाजिक सञ्जालमा हिंसा भड्काउने स्टाटसहरु पोस्ट गरेको पाइएपछि उनलाई ट्वीटर, गुगल, फेसबूक, युटुभ जस्ता सामाजिक सञ्जाल चलाउनबाट प्रतिबन्ध लगाइएको थियो ।
सामाजिक सञ्जालले प्रतिबन्ध लगाएता पनि करिव एक वर्ष पछि उनले आफ्नै सामाजिक सञ्जाल “त्रुथ सोसियल” लन्च गर्ने भएका छन् ।
उनको त्रुथ सोसियल नामक एप सोमबार एप्पल प्ले स्टोरमा उपलब्ध हुने छ । त्रुथ सोसियल एपको भर्सन १.० लञ्च हुन लागेको हो ।
पूर्व रिपब्लिकन अमेरिकी प्रतिनिधि डेभिन नुनेसको नेतृत्व र ट्रम्प मिडिया तथा टेक्नोलोजी ग्रुप (टीएमटीजी)को सहायतामा त्रुथ सोसियल एप निर्माण भएको छ ।
स्रोतका अनुसार ट्रम्पको उक्त एपमा ट्वीटरमा जस्तै सेवासुविधा रहेको बताइएकोे छ । मार्चमा लञ्च हुने भनिएको उक्त एप फ्रेबुअरीमै लञ्च हुने भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया