हिमालयन जनरल इन्स्योरेन्स र मञ्जुश्री फाइनान्समा सञ्चालक नियुक्त

0
Shares

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा विजय कुमार पन्त र मञ्जुश्री फाइनान्स कम्पनीको सञ्चालकमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् ।

इन्स्योरेन्सको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी ३ वर्षका लागि स्वतन्त्र सञ्चालकमा पन्तलाई नियुक्त गरेको हो ।

यस्तै मञ्जुश्री फाइनान्स कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा सुमन प्रसाद अधिकारीलाई नियुक्त गरेको हो । सोही बैठकले फाइनान्सका सञ्चालक रविन राज देवकोटाले राजीनामा समेत स्वीकृत गरेको कम्पनीले जानकारी दिएको छ ।

दुबै कम्पनीले नेप्सेमार्फत सो जानकारी गराएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७८, आइतबार  १३ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।