प्रोगेशिभ फाइनान्सको लाभांश स्वीकृत

0
Shares

प्रोगेशिभ फाइनान्स लिमिटेडको ६.३१५८ प्रतिशत लाभांश स्वीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।०७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको कम्पनी सचिव विशाल हुमागाईले जानकारी दिए ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश फागुन ८ गते आइतबार राष्ट्र बैंकबाट स्वीकृत भएको हो । यससँगै अब कम्पनीलाई साधारण सभा आह्वानको बाटो खुला भएको छ ।

फाइनान्सले पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण परिमार्जन भएछि लाभांश घटाएर चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँको ६ प्रतिशतका दरले हुन आउने ४ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.३१५७ प्रतिशतले हुन आउने २५ लाख २६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो ।

उक्त लाभांश बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने लगानीकर्ताले कम्पनीको आगामी वार्षिक साधराण सभाले पारित गरेपछि मात्र पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०७८, सोमबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।