.png)
सुनको भाउमा सोमबार सामान्य गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको जनाएको छ ।
सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९५ हजार ७०० रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँ र तेजावी सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबारको तुलनामा सोमबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८९२ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.७८डलर आसपासमा कारोबार भइरहेको छ ।
नेपालमा नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा कारोबार हुने सुनको भाउ तोक्ने गरेका छन् । सोही अनुसार सुनचाँदी व्यवसायीले सो दिनका लागि तोकिएको मूल्यमा सुन खरीद तथा बिक्री गर्ने गर्दछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया