गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स (GMFIL) को बोनस सेयर सूचीकृत भएको छ ।
स्टकका अनुसार फाइनान्स कम्पनीको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ८ करोड ६४ लाख रुपैयाँ कराबरको ८ लाख ६४ हजार कित्ता बोनस सेयर बुधबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।
बुधबार सूचीकृत भएको बोनस सेयर सम्बन्धीत कम्पनीके साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहेका लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरीद बिक्री गर्न सकिनेछ ।
फाइनान्सले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस २२ गते बुकक्लोज गरेको थियो । यसअनुसार पुस २२ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र बोनस पाउनेछन् ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको पुस २९ गते गुहेश्वरी भवन, हरिहर भवन काठमाडौंमा सम्पन्न वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत र कर प्रयोजनका लागि ०.५३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमेदन भएको थियो ।
बोनसअघि ८६ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको उक्त बोनस वितरणपछि ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया