ग्रीन भेन्चर्सको आईपीओ भर्ने म्याद एक हप्ता थपियो

0
Shares

ग्रीन भेन्चर्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशनमा आवेदन दिने म्याद एक हप्ताका लागि थपिएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अनुसार अब लगानीकर्ताले फागुन २३ गते सोमबारसम्म आईपीओ भर्न सक्नेछन् ।

कम्पनीले फागुन २ गतेदेखि प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेकोमा १६ गतेसम्म ६० प्रतिशत मात्र सेयर बिक्री भएपछि ७ दिनका लागि समय थपिएको हो । यससँगै अब आईपीओमा फागुन २३ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३ (साविक रगनी, गाविस र खिजीचण्डेश्वरी गाविस), लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), रामेछापको लिखु तामाकोशी गाउँपालिका १ (साविक दरागाउँ गाविस, रामेछाप) लिखु तामाकोशी गाउँपालिका २ (साविक सपु गाविस रामेछाप) र उमाकुण्ड गाउँपालिका ७ (साबिक भुजी गाविस रामेछाप) का बासिन्दाहरुले आवेदन दिन सक्छन् ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहाँ कहाँबाट भर्ने ?

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।

यसका अलवा आयोजना स्थल ग्रीन भेन्चर्स लिमिटेड, बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर काठमाडौं, लक्ष्मी बैंकको रामेछाप र मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, लिखु, रामेछाप शाखा र मेगा बैंकको खिजिदेम्बा, ओखलढुङ्गा तथा मन्थली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

ग्रीन भेन्चर्स आईपीओ अपडेटः ४ हजार ५०१ जनाले गरे आवेदन

ग्रीन भेन्चर्सको आईपीओमा ४ हजार ५०१ जनाले आवेदन गरेका छन् ।

फागुन २ गते, सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि जारी भएको आईपीओमा आइतबार साँझ ५ बजेसम्ममा सि आश्वा प्रणालीबाट ५ हजार ५०१ जनाबाट १८ लाख ८७ हजार ३४० कित्ता सेयर खरीदको माग परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात प्रतिसेयर १०० रुपैयाँ दरका ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७८, सोमबार  ०९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।