महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले क्यानडा पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको हो ।
नक्कली कागजात समेत दिएर ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–८ गौशाला बस्ने धनुषा जनकनन्दनी गाउँपालिका–४ घर भएका २३ वर्षीय लालबाबु कापरलाई पक्राउ गरेको हो ।
आइतबार लालबाबुलाई काठमाडौं महानगरपालिका–३२ तिनकुनेबाट पक्राउ गरेको हो । लालबाबुले आफ्नो मान्छे क्यानडामा छ, अन्य व्यक्तिलाई २२ लाख रुपैयाँ लाग्छ तिमीलाई १२ लाख २० हजार रुपैयाँमा मिलाईदिन्छु भन्दै भिषा प्रोसेसिङ्गको लागि आफ्नो बैंक खातामा पटक–पटक गरी १२ लाख रुपैयाँ रकम जम्मा गर्न लगाएर ठगी गरेको प्रहरीले जनाएको छ ।
लालबाबुले पीडितको मेल आईडीमा भिषा, हवाई टिकट समेत पठाई सन् २०२२ जनवरी १० मा उडान रहेको भनेको थिए । तर एयरपोर्ट पुग्दा भिषा र टिकट नक्कली रहेको थाहा पाएपछि प्रहरीकहाँ जायरी दर्ता गरिएको हो ।
उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरमा पठाईएको महाशाखाले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया