बलेफी हाईड्रोपावरले फेरि थप्यो आईपीओ भर्ने समय, लगानीकर्ताले पाए थप एक साता

0
Shares

बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओमा आवेदन गर्ने समय फेरि थपेको छ । यससँगै अब लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि १२ फागुनबाट समय बढाएर १९ गतेसम्म पुर्याइएको थियो । 

यसअघि छिटो समयभन्दा एक साता समय थपेको कम्पनीले थपिएको समयमा पनि माग बमोजिम आवेदन नपरेको तथा आयोजना प्रभावित बासिन्दाको मागलाई दृष्टिगत गरी पुनः एक साताका लागि समय थपेको जनाएकाे छ ।

यद्यपी कम्पनीको स्थानीयलाई जारी गरेको सेयर आयोजना प्रभावित र अन्य जिल्लाबासी दुबैतर्फ ओभर सब्सक्राइब भएपनि क्यापिटलले भने समय बढाएको हो । कम्पनीले १८ लाख २७ हजार कित्रा माग गरेकोमा त्यसको १३० प्रतिशत सेयर बिक्री भैसकेको तथ्याङ्क छ ।

कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता आईपीओ बिक्री खुला गरेको हो । निष्काशित सेयरेको ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सक्नेछन्। यस्तै कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमइ बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै आवेदन दिन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कति पर्यो आवेदन ?

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार फागुन १८ गते बुधबारसम्म कम्पनीको आईपीओमा १० हजार ६०६ आवेदकबाट २३ करोड ९० लाख १८ हजार रुपैयाँ बराबरको २३ लाख ९० हजार १८० कित्ता सेयरको माग भएको छ ।

जसमध्ये आयोजना अति प्रभावित ४ हजार ९५ जना बासिन्दाहरुबाट १३ करोड ६३ लाख २ हजार रुपैयाँ बराबरको १३ लाख ६३ हजार २० कित्ताको माग परेको छ भने अन्य ६ हजार ५११ जना आवेदकबाट १० करोड २७ लाख १६ हजार रुपैयाँ बराबरको १० लाख २७ हजार १६० कित्ता सेयर खरीदको माग परेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १९ फाल्गुन २०७८, बिहिबार  ०९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।