वित्तीय प्रणालीमा तरलता हाहाकार, बुधबार मात्र ५४ अर्बको स्थायी तरलता प्रयोग

0
Shares

बैंकिङ प्रणालीमा तरलता अभावको समस्या झनै जटिल बन्दै गएको छ । बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट सापट लिएको स्थायी तरलता सुविधा मार्फत पनि कर्जा लगानी गर्न थालेपछि समस्या जटील बन्दै गएको हो ।

वित्तीय प्रणालीमा तरलता अभावको समस्या जटिल बन्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस २० गते सरकारी कारोबार गर्ने बैंकहरुलाई स्थानीय तहको सञ्चितिको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न सकिने व्यवस्था गर्यो । यो नीतिगत व्यवस्था भन्दा अघि बैंकहरुले स्थानीय तहको सञ्चितिलाई ५० प्रतिशतसम्म मात्र निक्षेप गणना गर्न पाउने व्यवस्था थियो । यो व्यवस्थाले तरलता तथा कर्जा लगानी योग्य रकम अभावको समस्यामा अल्पकालीन सहजता प्रदान गर्यो ।

तर, बैंकहरुले कर्जा लगानीको गतिलाई केही सुस्तता दिए संगै नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थाले केही दिनका लागि सहज भयो । बैंक वित्तीय संस्थाबाट उच्च कर्जा लगानीलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले केही नीतिगत कदम पनि लियो । त्यसले समेत कर्जा नियन्त्रणमा सहयोग पुगेको भएपनि पछिल्ला दिनहरुमा कर्जाको माग बढेसंगै बैंक वित्तीय संस्थाहरुले ऋण लगानी पुन बढाउन थालेका छन । यो अवधिमा बैंकहरुले नेपाल राष्ट्र बैंकबाट सापट लिएको अल्पकालीन तरलताबाट नै कर्जा लगानी गर्न थाले एक बैंकरले बताए । “फागुन महिनाको दोस्रो सातामा मात्र १५ अर्ब रुपैयाँ बराबरका कर्जा लगानी गरेका छन,” ती बैंकरले भने,“स्रोत बीना नै बैंकहरुले यति धेरै कर्जा लगानी गर्नु पनि स्थायी तरलता सुविधाबाट नै कर्जा लगानी गरेको स्पट हुन्छ ।”

बैक वित्तीय संस्स्थाले कर्जा लगानी विस्तार गरेसंगै नेपाल राष्ट्र बैंकबाट लिने स्थायी तरलता सुविधा सापट समेत उल्लेख्य बढेको छ । यो अवधिमा नेपाल राष्ट्र बैंकले बैंकदर बढाएर ७ प्रतिशत बनाएको अवस्था छ । बैंकदर ७ प्रतिशत बनाएपछि पनि अन्तर बैंक दर समेत बढेर सोही सीमासम्म पुगिसकेको छ । ७ प्रतिशतको अन्तर बैंक दरमा पनि सापट पाउने अवस्था छैन । अधिकासं बैंक वित्तीय संस्थाहरु ७ प्रतिशतको दरमा पनि माग्ने मात्र रहेको ती बैंकको भनाइ छ ।

बैंकहरुले उच्च दरमा राष्ट्र बैंकबाट सापट लिई केन्द्रीय बैंककै व्यवस्थाहरुलाई पालना गर्दै आएका हुन् । बैंक वित्तीय संस्थाहरुले अनिवार्य नगद मौज्दात कायम गर्नका लागि बुधबार मात्र ५४ अर्ब ८० करोड रुपैयाँ बरावरको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् । बुधबार बैंक वित्तीय संस्थाले २८ कारोबार मार्फत उक्त सापट लिएका हुन । मंगलबार करिब ४८ अर्बको स्थायी तरलता सुविधा प्रयोग भएको थियो । चालु आर्थिक वर्ष सुरु भएदेखि बुधबारबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल ४२ खर्ब ६२ अर्ब रुपैयाँ बरावरको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १९ फाल्गुन २०७८, बिहिबार  १७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।