युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा आह्वान

0
Shares

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड (UMHL) ले फागुन २६ गते साधारण सभा बोलाएको छ ।  कम्पनीले रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा बोलाएको हो ।

उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट कुनेपनि लाभांश वितरणको प्रस्ताव गरेको छैन । लाभांश वितरण नगर्ने भएसँगै कम्पनीको लगानीकर्ताको हात यो वर्ष खाली हुने भएको छ ।

सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने तथा आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७७।७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका एजेन्डा उपर छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते बुकक्लोज गरिसकेकको छ । यसअनुसार फागुन ४ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० फाल्गुन २०७८, शुक्रबार  ०९ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।