
राष्ट्रिय सभाका २० जना सांसद शुक्रबारदेखि पदमुक्त भएका छन् । आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर २० जना सांसद बिदा हुन लागेका हुन् ।
राष्ट्रिय सभाबाट बाहिरिनेमा संसदीय समितिका तीन सभापति पनि छन् ।
एमालेका सबैभन्दा धेरै ८ सांसद रहेका छन् । माओवादी केन्द्रका ४, एकीकृत समाजवादीका ४, नेपाली कांग्रेसका ३ र एक एक मनोनित गरी २० सांसद बाहिरिन लागेका हुन् ।
आजदेखि बाहिरिन लागेका सांसदहरुमा प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेल सहित परशुराम मेघी गुरुङ, कोमल वली, नैनकला ओझा, अगमप्रसाद बान्तवा राई, चक्र स्नेही, कविता बोगटी र रामलखन चमार राष्ट्रिय सभाबाट बाहिरिँदैछन् । आजदेखि बाहिरिन लागेका गुरुङ विधायन व्यवस्थापन समिति सभापति हुन् ।
यस्तै माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभाको उपाध्यक्ष शशिकला दाहाल, दिनानाथ शर्मा, जीवन बुढा र खिमकुमार विक बाहिरिन लागेका हुन् । यस्तै एकीकृत समाजवादी चार सांसदहरुमा शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी जिसी छन् ।
राष्ट्रिय सभाबाट कांग्रेसबाट तर्फबाट दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, सहित राष्ट्रिय सभाको संसदीय दलका नेता सांसद राधेश्याम अधिकारी, दृगनारायण पाण्डेय गरी तीन सांसदको पद पनि आजदेखि सकिँदैछ ।
कांग्रेसबाट राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दिनानाथ शर्मा, राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेल पनि आजै बिदा हुँदैछन् ।
राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पनि आजै राष्ट्रिय सभाबाट बाहिरिँदैछन् । विडारी माओवादी केन्द्रको कोटामा राष्ट्रपतिबाट मनोनित भएका सांसद हुन् । विडारी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति हुन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साँझ ५ बजे सिंहदरबार छेउको एक होटलमा कार्यक्रम आयोजना गरी उनीहरुलाई बिदाई गर्ने कार्यक्रम तय भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया