राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन सम्बन्धी वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७।७८ को सो प्रतिवेदन पेश गर्नुभएको हो ।

उहाँले आजै सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आव २०७७/७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन पनि पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आव २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालय प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ फाल्गुन २०७८, आइतबार  १७ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।