
मोरङ व्यापार सङ्घले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न ‘मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो’ २०२२ आयोजना गर्ने भएको छ ।
सङ्घद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलन आगामी चैत १८ देखि २६ गते विराटनगरमा आयोजना हुने एक्स्पो आकर्षक र भव्य हुने जानकारी गराएको छ ।
सङ्घका अध्यक्ष नवीन रिजालले एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगको अतिरिक्त मुलुकभरिका महत्व झल्किने कला संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खजिन्य, कृषिजन्य तथा औद्योगिक उत्पादनको प्रदर्शनीका अलवा छिमेकी राष्ट्र भारतलगायत, बङ्गलादेश, पाकिस्तान आदि देशका उत्पादिन वस्तु रहेनछन् ।
एक्सपोका अवसरमा स्वदेशी तथा विदेशी लगानीको सम्भावनाबारे छलफल गर्ने जानकारी उनले दिए । प्रविधियुक्त वातानुकूलित र कुलरसहित सञ्चालन हुने एक्स्पोमा २७५ वटा स्टल रहने एक्स्पो संयोजक विकास कुमार बेगवानीले बताए ।
एक्स्पोमा वातानुकूलित ८०, कुलरसहितको ६० र साधारण १०६ वटा स्टल रहने संयोजक बेगवानीले जानकारी दिए । यस्तै एक्स्पोलाई थप आकर्षक बनाउन जिप लाइन, रिभर्स बन्जी, जिप साइकलिङ लगायत साहसिक खेलकुद र सेल्फी जोन पनि रहनेछ ।
आन्तरिक र बाह्य पर्यटक भित्र्याउन आयोजकले यस वर्ष मेलामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पदाका नमूना (लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल आदी) मुख्य आकर्षण रहने संयोजक बेगवानीले बताए । एक्स्पो अवधिभर ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारबाट साङ्गीतिक कार्यक्रम हुनेछ ।
एक्स्पो सञ्चालनका लागि ३ करोड खर्च लाग्ने अनुमान गरिएको छ भने ४० देखि ४५ करोडको कारोबार गर्ने लक्ष्य राखेको मेला संयोजक बेगवानीले बताए । यस पटकको एक्स्पोमा स्वदेशी र भारतीय सहित तीन लाख दर्शकले अवलोकन गर्ने विश्वास आयोजकले गरेको छ ।
संघले यसअघि २०५३ सालमा कोसी महोत्सव, २०५७ सालमा पूर्वाञ्चल औद्योगिक मेला, २०६२ र २०७० सालमा विराट महोत्सव र २०७५ सालमा विराट ट्रेड एक्स्पो आयोजना गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया