
माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा फागुन २८ गते शनिबार त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकीमा आयोजित विशेष कार्यक्रममाबीच हस्तान्तरण गरिएको हो ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी एवं उदयपुर सिमेन्ट उद्योग लि. का महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको उपस्थितीमा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।
बैंकले स्थानीय आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले देउरी स्वास्थ्य चौकीलाइ ल्याब इक्विपमेन्ट हस्तान्तरण गरेको हो ।
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०१ एटिएम मार्फत १० लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया