जाल्पा सामुदायिक लघुवितको सेयर सोमबार मात्रै कारोबारमा आउने

0
Shares

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सोमबारदेखखि मात्रै धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

शुक्रबार नेप्सेमा धितोपत्र सूचीकृत गरे आइतबारदेखि लघुवित्तको सेयर कारोबारमा आउनुपर्ने भएपनि प्रि ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ्ग हुन नसक्दा कारोबार सम्भव नभएको हो ।

अर्को लघुवित्त राष्ट्र उत्थानको भने आजैदेखि नियमित कारोबार सुुरु भएको छ । राष्ट्र उत्थानको अधिकतम कारोबार रेञ्ज ५०२ रुपैयाँमा १० कित्ता सेयर कारोबार भएको हो ।

नेप्सेले लघुवित्तको सेयरलाई जेएएलपीए कारोबार संकेत प्रदान गरेको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारका लागि भने अब सोमबारसम्म पर्खनुपर्ने भएको छ । आज कारोबार सम्भव नभएपछि जाल्पा लघुवित्तको सेयर भने अब सोमबार मात्रै खुला हुने भएको हो । सोमबार स्पेशल प्रि-ओपन सेसनमा कारोबार म्याचिङ्ग सम्भव भएमा सोमबारबाटै नत्र जुन दिन अर्डर म्याच सम्भव हुन्छ लघुवित्तको सोही दिनको रेगुलर सेसनबाट नियमित सेयर कारोबार हुनेछ ।
लघुवित्तले सर्वसधारणहरुलाई जारी गरेको ५ लाख २२ हजार कित्ता आईपीओ र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकृत गरेको थियो ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गर्दा कम्पनीले सूचीकरणका लागि पेश गरेको कागजातको आधारमा सम्बन्धीत कम्पनीको पछिल्लो लेखापरीक्षण प्रतिवेदनमा उल्लेख रहेको प्रतिसेयर नेटवर्थलाई आधार मान्ने गरेको छ । नेप्सेले कारोबार रेञ्ज तोक्दा कम्पनीको प्रतिसेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

यसअनुसार नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६४.६० रुपैयाँदेखि ४९३.८० रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि मूल्यको आधारमा पहिलो कारोबार खुल्नेछ ।

यसरी हेर्दा कम्पनीको सेयर हात पारेका भाग्यशाली लगानीकर्ताले पहिलो दिनको पहिलो कारोबारमा नै एक हजारको लगानीलाई ४ हजार ९३० रुपैयाँ बनाउनसक्ने सम्भावना छ । आज कारोबार खुलेको राष्ट्र उत्थानको पनि अधिकतम रेञ्जबाटै कारोबार सुरु भएकाले जाल्पाको पनि अधिकतम रेञ्जमा नै कारोबार खुल्नसक्ने सम्भावना रहेको छ ।

लघुवित्त पहिलो पटक नेप्सेमा सूचीकृत भएर धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने तयारीमा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २९ फाल्गुन २०७८, आइतबार  ११ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।