
अटोमेकर कम्पनी भक्सवागनमा रुस–युक्रेन युद्धको असर देखिन थालेको छ ।
भक्सवागन कार निर्माणमा आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति युक्रेनबाट हुँदै आएकोमा दुई देशबीचको दन्द साम्य नहुँदा आपूर्ति श्रृङखला अवरुद्ध भई जर्मन कार–निर्माता कम्पनी भक्सवागन समस्यामा परेको हो ।
भक्सवागनका प्रमुख वित्तीय अधिकारी अर्नो एन्टलिट्जले कच्चा पदार्थ तथा धातुहरुको मूल्य वृद्धिका कारण फोक्सवागनका विद्युतीय तथा इन्धनबाट सञ्चालित दुबै कारहरुको मूल्यमा उल्लेख्य रुपमा वृद्धि हुने जानकारी दिएका छन् ।
युरोपमा कारहरुको बिक्रीमा अस्थिरता देखिएपछि भक्सवागनले चीनमा आफ्नो व्यापार विस्तार गर्ने लक्ष्य लिएको छ । चीनको कुल अटोमोबाइल बजारमा १६ प्रतिशत हिस्सा भक्सवागनको रहेको छ ।
भक्सवागनका अटोमेकरका प्रमुख कार्यकारी अधिकृत हर्बट डिएसले यो वर्ष आफ्ना विद्युतीय कारहरुको सङ्ख्या दोब्बर गर्ने लक्ष्यमा केन्द्रित हुनपर्ने बताएका छन् । रुस–युक्रेन युद्धलाई लक्षित गर्दै डिइसले युद्धले आफूहरुले तय गरेको लक्ष्य परिपूर्तिमा नै प्रश्न खडा गरेको बताएका छन् ।
कच्चा पदार्थ तथा धातुहरुको मूल्य वृद्धि भइरहेको बेलामा भक्सवागनको प्रतिद्धन्द्धी टेस्लाले भने कारहरुको मूल्य बढाएको छ । यसै क्रममा भक्सवागनले पनि आफ्ना कारहरुमा ५-१० प्रतिशतले मूल्य बढाउने भएको छ ।
युक्रेन युद्धको चपेटामा पर्दा आपूर्ति श्रृङखला अवरुद्ध भएपछि समस्यामा परेको जर्मन कार–निर्माता कम्पनी भक्सवागन पनि मूल्य वृद्धि गर्ने बाटोमा पुगेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया