नेपाल स्टक एक्सचेञ्ज (नेप्से) चैत ७ गते सोमबार विभिन्न ४ कम्पनीहरुको ८५ लाख ४९ हजार ९६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पूँजीको १५ प्रतिशत, नेपाल एसबीआई बैंक लिमिटेडको ३.५० प्रतिशत, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत र पोखरा फाइनान्स कम्पनी लिमिटेडको चुक्ता पूँजीको ८.०७५ प्रतिशत बराबरको बोनस सेयर आज सूचीकृत भएको हो ।
स्टकका अनुसार प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (PLIC) को चुक्ता पूँजीको १५ प्रतिशत बोनस बापतको ३६ लाख २५ हजार ५८५ दशमलव ५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत मंसिर १९ गते सम्पन्न कम्पनीको १४ औं वार्षिक साधारण सभाले पारित गरेको थियो । कम्पनीले हाल काम चुक्ता पूँजी २ अर्ब ४१ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि १ करोड ९० लाख रुपैयाँ नगद लाभांश पारित गरेको थियो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजार्थ कम्पनीले मंसिर १० गते शुक्रबार बुकक्लोज गरेको थियो । यसअनुसार मंसिर ९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई सम्बन्धीत कम्पनीको सेयरधनी दर्ता पुस्तिकामा कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
आजै नेपाल एसबीआई बैंक लिमिटेड (SBI) को चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस बापतको ३३ लाख २२ हजार ७५२ दशमलव २६०३ कित्ता सेयर सूचीकृत भएको छ । गत पुस २० गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारण सभाले पारित गरेको थियो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजार्थ कम्पनीले पुस ७ गते बुकक्लोज गरेको थियो । यसअनुसार पुस ६ गतेसम्म नेप्सेमा सेयर कारोबार भई सम्बन्धीत कम्पनीको सेयरधनी दर्ता पुस्तिकामा कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (WOMI) को चुक्ता पूँजीको २० प्रतिशत बोनस बापतको ८ लाख २३ हजार ८८८ दशमलव ८० कित्ता बोनस सेयर पनि आजै नेप्सेमा सूचीकृत भएको छ ।
गत पुस १६ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारण सभाले पारित गरेको थियो । साधारण सभा तथा लाभांश वितरण प्रयोजार्थ कम्पनीले पुस १ गते बुकक्लोज गरेको थियो । यसअनुसार मंसिर २९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई सम्बन्धीत कम्पनीको सेयरधनी दर्ता पुस्तिकामा कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् । यद्यपी सूर्योदय लघुवित्तसँग मर्जर पश्चात भदौदेखि नै लघुवित्तको सेयर कारोबार रोक्का रहेको छ ।
यस्तै पोखरा फाइनान्स कम्पनी लिमिटेड (PFL) को चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस बापतको ७ लाख ७७ हजार ७४० दशमलव २३ कित्ता बोनस सेयर पनि सोमबार सूचीकृत भएको छ । गत पुस ३० गते सम्पन्न कम्पनीको २५ औं वार्षिक साधारण सभाले पारित गरेको थियो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजार्थ कम्पनीले पुस २१ गते बुकक्लोज गरेको थियो । यसअनुसार पुस २० गतेसम्म नेप्सेमा सेयर कारोबार भई सम्बन्धीत कम्पनीको सेयरधनी दर्ता पुस्तिकामा कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
आज सूचीकृत भएका चारवटै कम्पनीको बोनस सेयर लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजार मार्फत खरीद बिक्री गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया