ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले बागलुङको बलेवामा आफ्नो २८९ औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो ।
सोमबार बागलुङ जिल्लाको बागलुङ नगरपालिका -१४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच उक्त शाखाको उद्घाटन गरिएको हो ।
बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञावलीले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन ।
यस्तै, एटीएम काउण्टरको वागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घघाटन गरेका हुन् ।
बैंकका अध्यक्ष ढकालले, सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको र बागलुङको वलेवा नारायस्थान शाखाले त्यहाँका स्थानीय वासिन्दा, किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यका साथ शाखा स्थापना गरिएको बैंकका अध्यक्ष ढकालले बताए ।
ग्लोबल आइएमई बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो वाणिज्य बैंक हो । यसले शाखाले सोही क्षेत्रका ग्राहकलाई छिटो, छरितो एवं सरल बैंकिङ्ग सेवा दिने उद्देश्यले एटीएम सेवा समेत शुरू गरेको छ ।
यसका साथै, बैंकले मधेश प्रदेकको पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नं. १५, बाइपास रोडमा पनि आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८९ शाखा, २५४ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया