नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । 
सिवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । यस्तै रिभर फल्स पावरले पनि ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ ।
सिवाईसी नेपाल लघुवित्तको चुक्ता पूँजी ८ करोड ८१ लख ८ हजार २०० रुपैयाँ रहेको छ । लघुवित्तले जारी पूँजीको ३२.५० प्रतिशत शेयर निष्काशन पश्चात चुक्ता पूँजी १२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ ।
रिभर फल्स पावरले आयोजना प्रभावित स्थानिय वासिन्दा र सर्वसाधारणको लागि ३४ करोड ३० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ७० लाखरुपैयाँ रहेको छ । ३४ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया