नयाँ सारथी लघुवित्त वित्तिय संस्थाले थप नयाँ सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्ने प्रस्तावस १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको मिति २०७८ चैत्र १२ गते शनिवार बसेको संचालक समितिको ३५ औं बैठकको निर्णयानुसार लघुवित्तको १३ औं वार्षिक साधारण सभा आगामी २०७९ वैशाख १० गते दिउँसो ३ बजे प्रधान कार्यालय, धुलिखेलबाट भर्चुअल रुपमा गर्ने निर्णय गरेको हो।
यस्तै, कम्पनीले घोषणा गरेको २० प्रतिशत लाभांशका लागि चैत्र २३ देखि २०७९ वैशाख १० गते सम्म बुकक्लोज गर्ने जनाएको छ ।
साथै साधारण सभाले थप सार्वजनिक निष्काशन गर्ने सम्बन्धी विषयमा पनि छलफल गर्नेछ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्रतिकित्ता ११६ रुपैयाँ अंकित दरका ३ लाख २९ हजार ६ सय ४९ कित्ताले हुन आउने ३ करोड ८२ लाख ३९ हजार २ सय ८४ बराबरको एफपिओ निष्काशन गर्न अनुमति माग गरेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया