नेप्सेमा ४१ अंकको गिरावट, बजार घट्दा कारोबार बढ्यो

0
Shares

 नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.३२ विन्दुमा झरेको छ ।

कूल २३२ वटा कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर खरिदबिक्री भएको बजारम ४ अर्ब ५८ करोड ९५ लाख १४ हजार ४ सय १६ रूपैयाँको कारोबार भएकोे छ ।

यसदिन कारोबारमा आएका कूल १३ उपसमूहमध्ये आज निर्जीवन बीमा उपसमूहको सूचक मात्र बढेको छ भने बाकी १२ ओटै उपसमूहको सेयर घटेको छ । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय गरेसँगै बीमा कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।

केहि बीमा कम्पनीहरुको शेयरमूल्य उच्चदरले बढेको छ । धेरैजसो र्निजिवन बीमा कम्पनीको भाउ बढेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक १।०९ प्रतिशतले बढेको छ।

आइतबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । अपिको २७ करोड ५६ लाख ७४ हजार ३ सय ९३ रूपैयाँको कारोबार भएको हो। हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यस कम्पनीको कारोबार बढेको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ चैत्र २०७८, आइतबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।