ऋणात्मक बजारमा पनि तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलवार नेष्डो समद्ध लघुवित्त, इमर्जिङ्ग नेपाल र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेर सेयरमूल्य बढेको छ ।

नेप्से सूचक १४ अंक बढीले ऋणात्मक भएपनि यी तीन कम्पनीका लगानीकर्ताले भने आजको बजारबाट कुस्त मुनाफा आर्जन गरेका हुन् ।
ती तीनवटै कम्पनीको सेयरमा बिक्रेताभन्दा क्रेता धेरै भएकाले सेयरमूल्यमा सर्किट लागेर बढेको हो ।

यसदिन इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत अर्थात ९२ रुपैयाँले बढेर प्रतिकित्ता १०१२.३० रुपैयाँ पुगेको छ ।
यसैगरी नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत अर्थात ७९.३० रुपैयाँले बढेर ८७२.६० रुपैयाँ पुगेको छ ।

मंगलबार राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य पनि ९.९९ प्रतिशत अर्थात ९९.१० रुपैयाँका दरले वृद्धि भएसँगै १०९०.६० रुपैयाँ पुगेको छ ।

Symbol LTP Point Change % Change
As of 2022-03-29 15:00:00
ENL 1,012.30 92.00 10.00
NESDO 872.60 79.30 10.00
RULB 1,090.60 99.10 9.99
JALPA 352.70 13.60 4.01
SMATA 1,049.00 24.00 2.34
CMF2 10.40 0.23 2.26
ULI 681.00 13.50 2.02
GLH 467.90 8.90 1.94
SMB 1,748.00 33.00 1.92
TRH 363.60 6.60 1.85

यसदिन एनआईबिएल समृद्धि फण्ड २ को सर्वाधिक ४.७३ प्रतिशत, र्मिर्मिरे लघुवित्त, नेपाल लाइफ, जीवन विकास लघुवित्त, आशा लघुवित्त, शिवश्री हाइडोपावर,एशियन लाइफ इन्स्योरेन्स कम्पनी र विशाल बजार कम्पनीको सेयरमूल्य पनि ३ प्रतिशत बढीले घटेको छ ।

आज कारोबारमा आएका २२५ वटा धितोपत्रमध्ये ६२ वटा मूल्य वृद्धि हुँदा १४७ वटाको घटेको छ । १६ कम्पनीको सेयरमूल्य स्थीर रहे ।

आज कारोबारमा शिवम सिमेन्टसको सबैभन्दा धेरै ७ करोड ९२ लाखको सेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंक, नेपाल लाइफ, जीवन विकास लघुवित्त र हिमालयन डिष्टिलरीको शीर्ष पाँच ठूलो कारोबार भएको छ । आज कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये होटल बाहेक सबै ऋणात्मक बनेका छन् । घटेका सबै सूचक १ प्रतिशतभन्दा कम घटेका छन् ।

आज दिनभर २२५ कम्पनीका ३८ लाख ९० हजार १३१ कित्ता सेयर ३१ हजार ४३१ संख्यामा खरीद बिक्री हुँदा १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँको कारोबार भएको छ ।

नेप्से १४.२६ अंकले घटेर २५२७.५८ अंकमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ चैत्र २०७८, मंगलबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।