जानकी फाइनान्स कम्पनी लिमिटेड (JFL) ले ५१ हजार ३५ कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ ।
कम्पनीले बुधबार सूचना जारी गर्दै अशोक कुमार साहको नाममा रहेको उक्त सेयर लिलाम बढाबढमा बिक्री खुला गरिएको जनाएको छ ।
फाइनान्सले बिक्री खुला गरेको सेयरमा पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
कम्पनीले उक्त सेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले पहिलो चरणमा सो समुहका लगानीकर्ताले मात्र आवेदन गर्न पाउनेछन् ।
संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित जानकारी गराउनुपर्नेछ । विद्यमान संस्थापक सेयरधनीहरुबट निवेदन प्रापत नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई दोस्रो चरणमा बिक्री गर्ने फाइनान्सले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया