नेप्सेमा दैनिक दोहारो अंकको गिरावट, पाँच दिनमा सूचक १४० बिन्दुले घट्यो

0
Shares

सेयर बजारमा पछिल्लो साता निरन्तर दोहोरो अंकको गिरावट आएको छ ।

बैंकिङ्ग प्रणालीमा तरलता अभावका बीच दबाबमा रहेकाे नेज्सेमा राष्ट्र बैंकले चालेको पछिल्लो कदमका कारण समेत सेयर बजार थप प्रभावित भएको हो ।

गत बुधबार ४० अंकले बढेको नेप्से त्यस यताका पाँच कारोबार दिनमा दैनिक दोहोरो अंकले घट्दै आएको हो । पाँच दिनमा नेप्से १४० अंकले घटेको हो । बिहीबार करिब २४ अंकले घटेको नेप्से आइतबार ३०.८९, सोमबार १४.८८, मंगलबार ४६.४६ र बुधबार २३.३३ अंकले घटेको हो ।

राष्ट्र बैंकले विलासीताका वस्तुहरुको आयात निरुत्साहनका लागि प्रतितपत्र नखोल्न निर्देशन दिएपछि घट्दो बजार थप प्यानिकको अवस्थामा पुगेको हो । केन्द्रीय बैंकले सिडी रेसीयो ९० प्रतिशत माथि पुगेका बैंकहरुलाई कर्जा विस्तार गर्न समेत रोक लगाएको छ । आगामी असार मसान्तमा सिडी ९० प्रतिशत कायम गर्नुपर्ने अवस्थामा बैंकहरु रहेका छन् ।

बैंकिङ्ग प्रणालीमा तरलता अभाव हुँदा बजारमा ठूलो लगानीका लागि स्रोत उपलब्ध छैन भने यसअघि नै सेयर धितोमा लागू भएको ४.१२ नीतिका कारण बुलिस बजार वियरिस प्रवृत्तितिर फर्किएको हो ।

बुधबार २३.३३ अंकले घटेसँगै नेप्से सूचक २४२८.७५ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार सूचक २.२८ अंकले ओरालो लाग्दा ४५५.९४ बिन्दुमा झरेको छ । यस्तै करोबार रकम समेत २ अर्बमा खुम्चिएको छ । यसदिन २२६ कम्पनीका ४३ लाख ७२ हजार १७१ कित्ता सेयर ३८ हजार १७८ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ९९ करोड २९ लाख ७१ ह्जार ७६४ रुपैयाँमा समेटिएको छ ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये होटल, अन्य र म्युचुअल फण्ड सामान्य सकारात्मक हुँदा बाँकी सबे ऋणात्मक भएका छन् । होटलसर्वाधिक २ प्रतिशतले बढ्दा ब्यापारमा २ प्रतिशत बढीको गिरावट देखिएको छ । बैंकिङ्ग, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त र लगानी सूचक पनि १ प्रतिशत अधिक घटेको छ ।

आजको बजारमा हिमालयन डिष्टिलरीको सर्वाधिक ९.४१ करोडको सेयर कारोबार भएको छ । राष्ट्र उत्थान ९.०४ करोड, र नबिल बैंकको ६.७० करोडको सेयर कारोबार भयो । शिवम् सिमेन्टस्, नेपाल लाइफ, अरुण भ्याली हाइड्रोपावर, निफ्रा, नागरिक लगानी कोष, एनआईसी एशिया बैंक र नेपाल बैंकको शीर्ष दश ठूलो करोबार भएको छ । दशों ठूलो कारोबार भएको नेपाल बैंकको ३.६२ करोडको सेयर खरीद बिक्री भयो ।

यसदिन नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य १० प्रतिशत (१४०.५० रुपैयाँ) ले बढेर प्रतिकित्ता १५४५.५० रुपैयाँमा पुगेको छ भने इमर्जिङ्ग नेपाल लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्दा १० प्रतिशत (१३२.३० रुपैयाँ) घटेर ११९०.७० रुपैयाँमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार  १५ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।