मेगा बैंकबाट बाहिरिइन् सीईओ खुञ्जेली

0
Shares

नेपाली बैंकहरुकै पहिलो महिला सीईओ तथा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले मेगा बैंक छाडेकी छिन् । कार्यकाल सकिनुअघि नै उनले पदबाट राजीनामा दिएकी हुन् ।

विसं २०७४ चैत ३० मा प्रमुख कार्यकारी नियुक्त भएकी २९ गते कार्यकाल सकिँदै थियो । त्यसअघि नै उनले राजीनामा दिएकी हुन् ।

उनले दिएको राजीनामा भने सञ्चालक समितिबाट स्वीकृत भने भइसकेको छैन ।

निजी क्षेत्रको वाणिज्य बैंकहरूको पहिलो महिला प्रमुख कार्यकारीको नेतृत्वमा मेगा बैंकले गण्डकी विकास बैंक गाभेर व्यवस्थापन गर्न सफल भएको छ । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । 

स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत खुञ्जेली स्थापनाको एक दशकमै मेगा बैंक अहिले नेपालकै एक अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भएको छ । कार्यगत सिलसीलामा खुञ्जेली ‘बेस्ट फिमेल अवार्ड २०२१’ बाट सम्मानित भएकी थिइन् ।

उनीसँग तत्कालिन ग्रिण्डलेज (स्ट्यान्डर्ड चार्टड) नबिलमा समेत काम गरेको अनुभव छ । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव छ । उनले एस इन्स्टच्यूट अफ म्यानेजमेन्टबाट एमबीए गरेकी छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ चैत्र २०७८, शुक्रबार  १० : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।