एमालेको आरोपलाई काउन्टर दिन अर्थमन्त्रीले डाके पत्रकार सम्मेलन

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले सोमबार अपराह्न ४ बजे देशको अर्थतन्त्रको बर्तमान अवस्थाबारे जानकारी दिने उदेश्यले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आइतबार नेपाल कम्युनिष्ट पार्टी एमालेका तीन पूर्व अर्थमन्त्रीत्रय विष्णु पौडेल, युवराज खतिवडा र सुरेन्द्र पाण्डेले वर्तमान अर्थमन्त्री शर्माको असक्षमतका कारण देशको अर्थतन्त्रमा असर पुगेको बताएपछि त्यसको काउन्टर दिने उदेश्यले अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेर जवाफ दिन लागेका हुन् ।

अर्थ मन्त्रालयको सुवर्ण हलमा बोलाइएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले हालकाे वित्तीय अवस्थाबारे यथार्थ जानकारी दिनुका साथै आइतबार एमालेका तर्फबाट लगाइएको आरोपहरुमाथि स्पष्ट पार्नेछन् ।

एमालेले हिजोको पत्रकार सम्मेलन मार्फत वर्तमान सरकारको नीतिकै कारण वैदेशिक सहायता अत्यन्तै निराशाजनक बनेको, ब्यापार घाटामा छलाङ मारेको, न्यून विजकीकरण, मौलाउँदो हुण्डी कारोबार, अनियन्त्रित आयात वृद्धि, सरकार बनेदेखि नै तरलता, अभाव, ब्याजदर वृद्धि हुँदा वित्त प्रणालीमा अनिश्चय उत्पन्न भएको आरोप लगाएको थियो ।

यस्तै अघिल्लो आवको तुलनामा पूँजीगत खर्च निराशाजनक, मूल्यवृद्धि पनि २ गुणाले बढेको र देशले श्रीलंकाको बाटो समातेको त हैन भन्ने संन्त्रास फैलिएको बताएको थियो ।

मन्त्रिपरिषद्को शुक्रबार आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट निलम्बन गर्ने निर्णय गरेसँगै अर्थमन्त्रीमाथि स्वत्न्त्र संस्थाको निकायमाथि हस्तक्षेप गरेको भन्दै अर्थमन्त्रीमाथि चौतर्फी दबाब परेको अवस्था छ । कतिपयले अर्थमन्त्री हटाउनुपर्ने ठाउँमा गभर्नरलाई निलम्बन गरिएको भन्दै उक्त कदमको समेत आलोचना गरिरहेका छन् ।

अर्थमन्त्रीले आफ्नो नालायकीपन लुकाउन गर्भनरलाई निलम्बन: पूर्व अर्थमन्त्री खतिवडा

सरकारका गलत नीतिलाई सच्चाउन आग्रह गरेकै कारण गभर्नर हटाइयोः पूर्व अर्थमन्त्री पौडेल

सरकारद्धारा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन

आफ्नै कारणले सृजित अर्थतन्त्रको समस्यालाई राष्ट्र बैंकले किन श्रीलंकासँग तुलना गर्दैछ ?

गभर्नर अधिकारी के कारणले निलम्बनमा परे ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार  १३ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।