एक वर्षको अवधिमा नेपालमा सुनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वि.सं. २०७७ साल चैत्र ३१ गतेको तुलनामा २०७८ साल सोही समय सम्म आइपुग्दा सुनको मूल्य तोलामा १२ हजार रुपैयाँले बढेको हो ।
वि.सं. २०७७ साल चैत्र ३१ गते छापावाल सुनको मूल्य ८९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ८९ हजार रुपैयाँ थियो । जुन मूल्य आज कायम भएको मूल्यको तुलनामा १२ हजार रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज अर्थात बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १ हजार रुपैयाँमा कायम गरिएको छ ।
सुनको मूल्य २०७८ फागुनमा नेपाली इतिहासकै उच्च
वि.सं २०७८ फागुन महिनामा सुनको मूल्यले ऐतिहासिक रुपमा नै नयाँ रेकर्ड कायम गरेको थियो । महासंघका अनुसार फागुन २५ गते नेपालकै इतिहासमा सुनको मूल्य उच्च बनेको हो ।
उक्त दिन नेपाली सुन बजारमा छापावाला सुनको कारोबार मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ५ हजार रुपैयाँमा कायम भएको थियो । यसअघि २०७७ साउन २३ गते सुनको भाउमा सबैभन्दा उच्च मूल्यको रेकर्ड कायम रहेको थियो ।
उक्त दिन कारोबार भएको सुनको मूल्यको रेकर्डलाई तोड्दै फागुन २५ गते नयाँ रेकर्ड कायम भएको हो । २०७७ साउन २३ गते छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
रुप युक्रेन युद्धका कारण नेपालमा पछिल्लो समय सुनचाँदीको मूल्य उकालो लाग्ने क्रम जारी छ । अन्तराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै तोकिने भएकाले अन्तराष्ट्रिय बजारको सिधा प्रभाव नेपालमा पनि पर्छ ।
जानकारहरु केही समय अघिबाट सुरु भएको रसियाले युक्रेनको द्धन्द्धका कारण विश्वव्यापी रुपमा सुनमा लगानी गर्ने लगानीकर्ताको संख्या बढेपछि सुनको मूल्यको ग्राफ उकालो लागेको बताउँछन् ।
चाँदीको मूल्य तोलामा १०० रुपैयाँ बढ्यो
एक वर्ष समय अवधिमा चाँदीको मूल्य पनि बढेको छ । वि.स.२०७७ चैत्र ३० गतेको तुलनामा २०७८ चैत्र ३० गतेसम्म आइपुग्दा चाँदीको मूल्य तोलामा १०० रुपैयाँ भन्दा बढीले बढेको छ ।
विसं २०७७ चैत्रको ३० गते चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार २६० रुपैयाँ रहेको थियो । यस्तै सो समयको एक वर्षपछि अर्थात २०७८ चैत्र ३० गते चाँदीको कारोबार मूल्य तोेलाको १ हजार ४०० रुपैयाँ कायम भएको थियो । यसर्थ यस समयको अन्तरालमा चाँदी तोलाा १४० रुपैयाँले बढेको हो ।
यस्तै यस वर्ष अर्थात २०७८ मा नेपालको इतिहासमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । २०७८ फागुन २५ गते चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको हो । उक्त दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४५० रुपैयाँ निर्धारण गरिएको थियो । जुन नेपालको सन्दर्भमा हालसम्मकै उच्च मूल्य हो ।
मासिक ४ अर्बको बढीकाे सुन आयात हुँदै
भन्सार विभागकोे तथ्याङ्क अनुसार चालु आवको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार फागुन मसान्तसम्ममा ३२ अर्ब ६८ करोड ४१ लख ६८ हजार रुपैयाँ बराबरको ४३ लाख ४५ हजार २०० ग्राम सुन आयात भएको हो । यो तथ्याङ्क हेर्दा मासिक औषतमा ४ अर्ब ८ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको ५ लाख ४३ हजार ग्राम सुन आयत हुने गरेको हो ।
पछिल्लो समय सरकारले विदेशी विनिमय सञ्चिति घटेपछि सुन सहित पाँच दर्जन बढीको विलासी वस्तुहरुको आयातका लागि खोलिने प्रतीतपत्र (एलसी) खोल्न नेपाल राष्ट्र बैंकले बन्द गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया