
नेपाली बजारमा छापावाला शुक्रबार सुन प्रतितोला १ लाख २ हजारमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ पनि तोलामा ९०० रुपैयाँ बढेर १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ ।
महासंघका अनुसार २०७९ बैशाख १ गते बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ र तेजावी सुनको प्रतितोला १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउमा बिहाबार प्रतितोला १०० रुपैयाँले वृद्धि भएको थियो ।
यस्तै चाँदीकाे भाउ पनि तोलामा ५ रुपैयाँले बढेर शुक्रबार १ हजार ४१५ रुपैयाँमा कारोबार भैरहेको छ । बुधबारको तुलनाा बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७४ र चाँदी प्रतिऔंस २५ दशमलव ६७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया