नयाँ वर्ष २०७९ सालको पहिलो दिन बैशाख ४ गते आइतबार प्रि ओपनिङ्ग सेसनमा उत्साहपूर्ण सुरुवात गरेको छ । नेप्से ७.१० अंकले बढेर बजारमा हरियाली छाएको हो ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १० कम्पनी मध्ये ७ वटै कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।
यस अवधिमा १० कम्पनी १ हजार १४८ कित्ता सेयर ४ लाख १९ हजार १४५ रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्से ७.१० अंकले बढेसँगै सूचक २ हजार ४२२ दशमलव ३४ बिन्दुमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया