उन्नति सहकार्य लघुवित्तको एफपीओ १५९ रुपैयाँमा बिक्रीमा आउने

0
Shares

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिसेयर १५९ रुपैयाँमा थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री गर्ने भएको छ ।

लघुवित्तले अंकित मूल्य एक सय रुपैयाँमा ५९ रुपैयाँमा प्रिमियम थप गरेर एफपीओ बिक्रीको अनुमति मागेको छ ।

लघुवित्तले २ करोड ८३ लाख ७३ हजार ७३७ दशमलव ६७ रुपैयाँ मूल्य बराबरको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्काशनको अनुमति माग गर्दै पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको हो । बोर्डका अनुसार कम्पनीले २५ गते बोर्डमा आवेदन दिएको थियो ।

सहकार्य लघुवित्तसँगको मर्जर पश्चात बिक्रीएको सेयर संरचना मिलाउन लघुवित्तले १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्काशन गर्न गर्न लागेको हो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थामा संस्थापक सर्वसाधारण शेयर संरचना ७०ः३० कायम अुनुपर्छ । तर सर्वसाधारणमा सेयर जारी नगरेको सहकार्य लघुवित्तलाई गाभेपछि कम्पनीमा संस्थापक सेयर हिस्सा बढेको थियो ।

एफपीओ बिक्रीका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार  १३ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।