बैशाख २ गतेदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गरिरहेको सिवाईसी नेपाल लघुवित्तको वित्तीय संस्थाको वार्षिक प्रतिसेयर आम्दानी १६२.२५ रुपैयाँ रहेको छ ।
लघुवित्तले व्यवसायीक आम्दानी बढेर खुद नाफा बढेसँगै गत आवको तुलनामा ९०.८८ रुपैयाँले इपिएस बढेको हो । गत आवको यसै अवधिमा वार्षिक इपिएस ७१.३७ रुपैयाँ रहेको थियो ।
चुक्ता पूँजी ८ करोड २१ लख ८ हजार रुपैयाँ रहेको लघुवित्तले चैत मसान्तसम्ममा ९ करोड ९९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७७ लाख रुपैयाँ १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफामा १०९.४१ प्रतिशतको बढोत्तरी आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष २३७.१६ प्रतिशत, निक्षेप संकलन ५३.७४ प्रतिशत, सापटी ८४१.५२ प्रतिशत, कर्जा लगानी १३०.६२ प्रतिशत, खुद ब्याज आम्दानी ५५.३१ प्रतिशत, र सञ्चालन मुनाफा १०१.१७ प्रतिशतले वृद्धि भएको छ ।
लघुवित्तले १ अर्ब २६ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ४६ करोड ५० लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ३७ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तको खुद ब्याज आम्दानी १५ करोड ७७ लाख ५५ हजार रुपैयाँ र सञ्चालन नाफा ८ करोड ७२ लाख १० हजार रुपैयाँ रहेको छ । सो अवधिसम्ममा लघुवित्तले ७ करोड १३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । खराब कर्जा संकलनले समेत नाफामा बढोत्तरी भएको हो ।
सिवाईसी नेपाल लघुवित्तको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खराब कर्जा अनुपात १.९७ प्रतिशत, कस्ट अफ फण्ड ८.५५ प्रतिशत, प्रतिसेयर नेटवर्थ ४६५.८८ रुपैयाँ रहेको छ ।
लघुवित्तको आईपीअेमा बैशाख ७ गते मंगलबारसम्म आवेदन दिन सकिन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया