सुनको भाउ ५०० रुपैयाँले महङ्गियो, प्रतितोला १ लाख साढे २ हजारमा काराेबार हुँदै

0
Shares

पहेँलो धातु सुनको भाउ नेपाली बजारमा सोमबार तोलामा ५०० रुपैयाँले महङ्गिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा सोमबार सुनको भाउ ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले बढेर १ लाख २ हजार पुगेको छ । चाँदीको भाउ पनि आज ५ रुपैयाँले बढेर तोलाको १ हजार ४२० रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा छापावाला आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार, तेजावी सुनको १ लाख १ हजार ५०० रुपैयाँ र चाँदी तोलाको चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार स्थीर रहेको सुनको भाउ शुक्रबार भने तोलामा ९०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९८५ र चाँदी प्रतिऔंस २५ दशमलव ८२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

बजारमा सुनचाँदीका आयातमा बैंकहरुले एलसी नखोलेपछी यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले माग गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।