सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदनको ओइरो लागेको छ ।
बैशाख २ गते शुक्रबारदेखि सर्वसाधारणमा बिक्री खुला भएको सार्वजनिक निष्काशन आईपीओमा सोमबार साँझ ५ बजेसम्म १८ लाख ६३ हजार ७९४ वटा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।
सिडीएससीका अनुसार सोमबार साँझसम्ममा सर्वसाधारणबाट माग भएको सेयरको ५७.२७ गुणा बढी हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा २ अर्ब ११ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ५९ हजार ७२० कित्ता सेयरको लागि आवेदन परेको छ ।
लघुवित्तले शुक्रबारदेखि ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो । निष्काशित कुल सेयरमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट, तथा नेपाल धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त संस्था तथा तिनका शाखा कार्यालयहरु मार्फत बैशाख ६ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । भाेलि मंगलबारसम्म कार्यलय समयभित्र सेयर भर्न सकिन्छ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।
लघुवित्तको आईपीओमा लगानीकर्ताको उच्च आकर्षण हुने गरेपनि लगानीकर्ताले भने न्यून संख्यामा मात्र सेयर पाउने गरेका छन् । भर्खरै निष्काशन बन्द भएको उपकार लघुवित्त वित्तीय संस्थामा कुल आवेदकको १ प्रतिशतले मात्र सेयर पाउने तथ्याङ्क छ । सिवाईसीको आईपीओ निष्काशनमा पनि निकै कम आवेदकले मात्र सेयर पाउने देखिन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया