कालिका लघुवित्तको बोनस नेप्सेमा सूचीकृत

0
Shares

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई वितरण गरेको ३ लाख ५९ हजार ९४५ दशमलव १६३५ कित्ता बोनस कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सोमबार नेप्सेमा सूचीकृत भएको उक्त बोनस सेयर सेयरधनीले डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि तोकेको बुकक्लोजको अघिल्लो कारोबार दिन (पुस २० गते) सम्म कायम सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।

लघुवित्तको २०७८ पुस ३० गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस आज सूचीकृत भएको नेप्सेले जनाएको छ । बोनसमा लाग्ने नगद लाभांश नदिएकाले कर भने सेयरधनी स्वयमले तिर्नुपर्नेछ । कर नतिरेका लगानीकर्ताको बोनस भने कर वापतको रकम तिरेपछि मात्र डिम्याट खातामा जम्मा हुनेछ ।

विसं २०७६ पुस २३ गतेभन्दा पछि सेयर खरीद गरी बोनस पाउन योग्य लगानीकर्ताले बोनसमा लाग्ने कर तिर्नुपर्नेछ । पुस २३ गतेभन्दा अघि सेयरधनी भई बोनस पाउन योग्य लगानीकर्ताले भने कर तिर्नुपर्दैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार  १९ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।