नेपाल राष्ट्र बैंकले ३३ करोड रुपैयाँ मुद्दतीमा राख्ने भएको छ ।
बैंकले उपदान तथा पेन्सन कोषमा भएको उक्त रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
बैैंकले उक्त कोषमा भएको ३३ करोड रुपैयाँमध्ये २६ करोड ४० लाख रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंकमा, ४ करोड ९५ लाख रुपैयाँ ‘ख’ वगएका राष्ट्रिय स्तरका विकास बैंकमा र १ करोड ६५ लाख रुपैयाँ ‘ग’ वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीमा ब्याज पाउनेगरी लगानी गर्ने जनाएको छ ।
राष्ट्र बैंकले २०७९ वैशाख ९ गतेदेखि २०८० वैशाख ९ गतेसम्मको लागि उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । त्यसको लागि वैशाख ६ गते मंगलबार ५ बजेभित्र ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्थाले वैशाख ७ गते बिहान १० बजेदेखि राति १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा ब्याजदर उल्लेखित गरि प्रस्ताव उक्त बोलपत्रको पासवर्ड राष्ट्र बैंकमा उपलब्ध गराउनुपर्नेछ ।
यसरी रकम राख्ने बैंक तथा वित्तीय संस्थाले रकम पाउन राष्ट्र बैंकले तोकेको विभिन्न शर्त समेत पूरा गरेको हुनुपर्नेछ । जसमा खराब कर्जा ५ प्रतिशत वा सो भन्दा कम हुनुपर्ने, सीडी रेसियो बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, न्यूनतम पुँजीकोष अनुपात कायम गरेको हुनुपर्ने, लगायतका छन् ।
यस्तै संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया