नबिलमा गाभिने प्रक्रियामा रहेको एनबी बैंकको अधिकांश सूचकमा गिरावट

0
Shares

नेपाल बङ्गलादेश बैंक लिमिटेड (NBB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ११ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १ अर्ब ६३ करोड ८४ लाख नाफा कमाएको बैंकको नाफा ३२.१८ प्रतिशतले घटेको हो ।

चुक्ता पूँजी १० अर्ब ८ करोड ५३ लाख ९९ हजार रुपैयाँ रहेको बैंकको नाफा घटेसँगै समीक्षा अवधिमा प्रतिसेयर आम्दानी पनि २४.९७ बाट घटेर १४.६९ रुपैयाँमा संकुचित भएको छ । चैत्र मसान्तसम्ममा बैंकको बैंकको वितरण योग्य मुनाफा ५६ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

चैत्र मसान्तसम्ममा बैंकले ८२ अर्ब निक्षेप संकलन तथा ७६ अर्ब कर्जा लगानी गरी १ अर्ब ९३ करोड खुद ब्याज आम्दानी र १ अर्ब ३९ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । नबिल बैंकले प्राप्त गर्न लागेको बैंकको अधिकांस सूचकमा गिरावट आएको छ ।

समीक्षा अवधिमा बैंकको, खुद ब्याज आम्दानी २.२४ प्रतिशत, सञ्चालन मुनाफा ३९ प्रतिशत, निक्षेप ५.८६ प्रतिशतले घटेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १६०.२६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.१६ गुणा छ । बैंकको खराब कर्जा अनुपात बढेर २.३ प्रतिशत पुगेको छ । कोषको लागत ६।०९ आधार ब्याजदर ९.०१, र कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ९१.३९ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार  ०८ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।