नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा लगानी गरेका लगानीकर्ताको सम्पत्ति बुधबार एकैदिन प्रतिकित्ता ६०२ रुपैयाँले घटेको छ ।
मंगलबार प्रतिकित्ता ३ हजार ११ रुपैयाँमा बन्द भएको कम्पनीको सेयर १० प्रतिशतले बढेर बुधबार अधिकतम ३ हजार ३१२ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि लघुवित्तको सेयर घट्न थालेको छ । लगातार १६ दिनसम्म बढेको लघुवित्तको सेयरमूल्य बुधबार सकारात्मक सर्किट लागेर पुनः नकारात्मक सर्किट लागेर घटेको हो । यसअनुसार लघुवित्तको सेयरमूल्य एकैदिन २० प्रतिशतसम्म घटेको हो ।
अघिल्ला दिनहरुमा बिक्री आदेश नदेखिएको लघुवित्तको सेयरमूल्य १० मंगलबार बन्द भएको मूल्यमा नै १० प्रतिशतले घटेपछि आईपीओमा सेयर पाएकाहरु बिक्री गर्न लामबद्ध भएका छन् । सेयरमूल्य घटेपछि नेप्सेको मार्केट डेप्थमा नकारात्मक सर्किट मूल्यमा नै ९१९ वटा आदेश मार्फत ९ हजार २०० कित्ताको बिक्री आदेश रहेको छ ।

बुधबार ३ हजार ३१२ रुपैयाँ पुगेको लघुवित्तको सेयरमूल्य अधिकतम बिन्दुबाट २० प्रतिशतसम्म घटेपछि २ हजार ७१० रुपैयाँमा झरेको छ । मंगलबार कम्पनीको सबैभन्दा धेरै ३ हजार ८७१ कित्ता सेयर १ करोड १६ लाख ५१ हजार ७६२ रुपैयाँमा खरीद बिक्री भएको थियो ।
त्यसअघिका २ दिन सोमबार र मंगलबार १ हजार बढी कित्ता सेयर कारोबार भएपनि सो अघिका दिनहरुमा १ हजारभन्दा कम कित्ता मात्र कारोबारमा आएको थियो ।
बुधबार उच्च मूल्यमा आईपीओ बेच्नेले ३२ गुणा बढी नाफा आर्जन सफल भएपनि ६०२ रुपैयाँले घटेपछि भने लगानीकर्ताको थप नाफा आर्जन गर्ने आशामा तुषारापात भएको छ । बजार वियरिस ट्रेण्डमा रहेकाले सेयर संख्याका हिसाबले ३ हजार कित्ता कारोबार भएको भोलिपल्ट नै सेयरमूल्य घटेपछि लघुवित्तको उच्च संख्यामा सेयर खरीद बिक्री भएको छ । सोढ २ बजेसम्म लघुवित्तको ५० हजार कित्ता बढी सेयर खरीद बिक्री भैसकेको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट लघुवित्तको एक हजार रुपैयाँ बराबरको १० कित्ता सेयर हात पारेका लगानीकर्ताको लगानी ३३ गुणा बढीसम्म अर्थात ३३ हजार ३१२ रुपैयाँसम्म पुगेको हो ।
लघुवित्तको सेयर चैत १४ गतेदखि धितोपत्र दोस्रो बजारमा कारोबारमा सुरु भएको थियो । कारोबारमा आएदेखि नै लघुवित्तको सेयर खरीद माग उच्च हुँदा सेयरमूल्य निरन्तर उकालो लागिरहेकोमा बैशाख ७ गतेबाट घट्न सुरु भएको हाे ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया